८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एमाले अध्यक्ष ओलीले नेपाली टोलीलाई दिए जितको शुभकामना

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकपलिग –२ को अन्तिम खेलमा नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

उनले ट्वीटरमा ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।’ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १०:१३