८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आइसिसि क्रिकेट लिग–२ मा टस जितेर नेपाललाई बलिङको निम्तो

२ चैत, काठमाडौं । आइसिसि विश्वकपक्रिकेट लिग–२ अन्तरगतको अन्तिम खेलमायूएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

लिग–२ को खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ । यूएईका कप्तान मोहम्मदवासिमले टिस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो ।

नेपाललाई आजको खेल जित्नै पर्ने वाध्यता छ । खेल जिते नेपाल आगमी जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा सिधै खेल्न पाउनेछ । खेल हारे यही महिना नामिबियामा हुने ‘क्वालिफायर प्लेअफ’ खेल्नु पर्नेछ ।

खेल मैदानमा कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी,ललितनारायण राजवंशी रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशनझा, सन्दीप लामिछाने उत्रिएका छन् ।

घरेलु मैदानमा जारी खेल हेर्न बिहीवार बिहानै देखि दर्शक भेलाहुन सुरु भइसकेको छ । क्यानका अनुसार समर्थकले बुधवार नै मैदानमा सहभागिहुन टिकट काटि सकेका छैन । सबै टिकट बिक्रि भइसकेको क्यानको भनाई छ । क्यानका अनुसार बुधवार साँझ सम्मकरिब ११ हजार टिकट बिक्रि भइसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:४३