१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नेविसंघले स्ववियु चुनाव विथोल्न खोजेको एमाले निकट अनेरास्ववियुको आरोप


१ चैत, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटीले कुनै पनि हालतमा स्ववियू निर्वाचन हुनुपर्ने भन्दै नमुना मतदान गरेको छ ।

अनेरास्ववियुले बुधबार त्रि–चन्द्र क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कुनै पनि हालतमा हुनुपर्ने भन्दै दबाब स्वरुप नमुना मतदान गरिएको अनेरास्वीयु त्रिचन्द्र क्याम्पको उपाध्याक्ष गोविन्द थपलियाले बताए ।

नमुना मतदानपछि उनले भने ‘नमुना मतदान कार्यक्रम गरेका छौं । कुनै पनि हालतमा स्ववियु निर्वाचन हुनुपर्छ भन्ने दवाब स्वरुप यो निर्वाचन गरेको हो ।

हिजो मात्र त्रिचन्द्रमा नेपाल विद्यार्थी संगठनले चुनावको बाहानामा क्याम्पस प्रमुखको कार्यकक्षा तोडफोड गरेको छ । भौतीक संरचना तोडफोड गरेका छन् । निर्वाचन अधिकृतलाई निषेध गरेर चुनावमा जानु भएको छ । चुनाव विथोल्ने पक्षमा नेविसंघ छ।’

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १६:५८