१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

चैत १० गतेदेखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदैः स्वदेशी तथा विदेशी गरी १५० स्टल रहने


१ चैत, काठमाडौं । यही चैत १० गतेदेखि काठमाडौंमा नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्प्रा.लिको संयोजनमा यहि चैत्र १० देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल फाईभ पि अर्थात प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङ सम्बन्धि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको हो ।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस र फयुचरेक्सद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन,प्रिन्टिङ्मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ्स्पेर पार्टस, पेपर मसिनरी, पेपरकप मसिनरी, सबै खालका कागज र स्पेयर पार्टस, प्याकेजिङ्मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्सउत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।

प्रर्दशनी सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर विश्भरका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई नेपाली माझ परिचित गराउन सफल हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:४१