८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एनएमबि बैंकले ल्यायाे क्युआरमा बोनस अफर

१ चैत, काठमाडाैं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा एक हजार रुपैयाँ बोनस’ अफर ल्याएकाे छ ।

यो योजना फागुन १५ देखी सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० भन्दा माथिको क्युआर मार्फत पहिलो भुक्तानी लिदा १००० को बोनस जित्ने मौका पाउनेछन् ।

एनएमबि बैंकले विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको वित्तीय संस्था हो । यो बैंकले ‘दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट समेत सम्मानित भएको थियो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि बैंक अफ दि इयरबाट पनि सम्मनित भएको थियो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १४:१७