१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बीस दिनको बीचमा अन्तर्वार्ता र विशेष लेख बेचेर राससले रामचन्द्रबारे दिन खोजेको सन्देश…


१ चैत, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी सञ्चाल भएको एकमात्र सरकारी समाचार संस्था हाे । पछिल्लो समय समाचार समाग्रीमा केही सुधार ल्याएको समितिका कतिपय उत्पादन विवादित बनेका छन । समाचार संस्थाले बीस दिनको बीचमा एक जना विवादित व्यापरीको अन्तर्वार्ता र उसैको लेख ग्राहकलाई बिक्री गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मुखमा स्वतः भावि अध्यक्ष हुने वरिष्ठ उपाध्यक्षका लागि पाँच जनाभन्दा बढीले दाबी गरिरहेका छन तर राज्यको लगानी भएको समाचार संस्थामा भने बीस दिनको बीचमा विवादित उद्योगी रामचन्द्र रामचन्द्र संघाईकोमात्र अन्तरवार्ता र लेख प्रकाशित भएको छ ।

संवाददाताहरूले निकै मिहेनत गेर तयार पारेको समाचारमा कैँची लगाउने राससको डेस्कले रामचन्द्रको भने १७४९ शब्दको लेख प्रकाशित गरेको छ । उद्योगीहरूको निर्वाचनको मुखमा सामान्यतया सधैँ निष्पक्ष हुनुपर्ने संस्थाले एक जना उद्योगीको मात्र पक्षपोषण गर्न खोजेपछि प्रश्न समेत उठेको छ ।

कतिपयले सरकारी समाचार संस्थामा रामचन्द्र संघाईको लगानी भित्रिको भन्दै व्यंग्य समेत गरेका छन । महासंघमा वरिष्ठ उपाध्यक्षको दौडमा रामचन्द्र संघाईसहित उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ लगायतले आफ्नो आकांक्षा व्यक्त गरेका छन । यस विषयमा रासस व्यवस्थापनको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

केही साता अघि राससका एक सम्पादकको जन्मदिनमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुप अन्तरगर्तका विभिन्न कम्पनीका म्यानेजरहरू जम्मा भएर लाजिम्पाटको होटल ले हिमालयमा केक काटिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०७:०१