२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको छः महासचिव पोखरेल

३० फागुन, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, एमालेमाथि अहिले चौतर्फी घेराबन्दी भइहरहेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित सामाजिक न्याय मञ्चको कार्यक्रममा बोल्दै उनले राष्ट्रको लागि काम गर्न खोज्दा चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताए ।

उनले भने ‘संकटको दौडबाट गुर्जिरहेका छौं । जसले राष्ट्रको लागि काम गर्न खोज्छ उसलाई चौतर्फी घेराबन्धी र आक्रमण हुने गर्छ । नागरिकहरु के कारणले चौतर्फी घेराबन्धी र आक्रमण हुने गर्छ भन्ने कुरा विश्लेषण गर्न सक्ने अवस्थामा छैनौं । जसको कारणले अस्थिरताको खेती गर्नेहरुले मौका पाईरहेका छन् ।’

उनले नेपालको राजनीतिक व्यवस्था चुनौतीबाट बाहिर निस्कन नसकेको बताए । राजनीतिक स्थिरताको लागि कुनै पनि शासन प्रणलीले जनताको आकांक्षा र भावनालाई प्रत्याभुत गर्न नसके राष्ट्र कमजोर हुने उनको चेतावनी छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:३०