१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई


३० फागुन, काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेकाे यहाँस्थित जापानी राजदूताबासले जनाएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:५६