१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

३९८ रुपैयाँमा एनआईसी एसिया बैंकको सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?

३० फागुन, काठमाडाैं । एनआईसी एसिया बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले आज फागुन ३० गतेबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको साे सेयरकाे मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित व्यवस्थाअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १२:२०