२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

महालक्ष्मी विकास बैंकको पोखरा र वीरगञ्जमा नयाँ शाखा

१८ असोज, काठमाडाैँ । महालक्ष्मी विकास बैंक लि. ले पोखरा र वीरगञ्जमा शाखा स्थापना गरेको छ । आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मंगलबार र बुधबार क्रमशः कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयमा कार्यालय स्थापना गरेको हो।

सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्षश्री कृष्णहरी भण्डारी र श्रीपुर शाखाको महानगरपालिकाका मेयर विजय सरावगीले गर्नुभयो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सञ्चालक, श्यामसुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार ०९:०१