१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

जनताको पैसामा माछापुच्छ्रे बैंकका सिईओको रजाइँ, सामाजिक सेवाको पैसाले निजी कम्पनीको पूजा

२९ फागुन, काठमाडाैँ । जनताको पैसामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइरालाले रजाइँ गरेका छन । सिईओ कोइरालाले सामाजिक उत्तरदायित्वको पैसा नै नाफा कमाउने निजी कम्पनीलाई फिल्म बनाउने नाममा वितरण गरेर व्यक्ति पूजा गरेका छन ।

संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकको बजेट नाफा कमाउने कम्पनीलाई दिनु कानुन विपरित हो । पछिल्लो समय बैंकमा नयाँ व्यवस्थापन आएपछि कोइरालाले कार्यकारी अधिकारको थप दुरूपयोग गरिरहेको कर्मचारीहरू बताउँछन ।

ऋण असुलीको नाममा गरिब जनताको ढाड सेक्ने र सम्झौता अवधिको भन्दा दोब्बर बढीसम्म ब्याज बृद्धि गरेर ऋणीलाई तनाव दिएको भन्दै बैंकहरूको विरूद्धमा चरणवद्ध आन्दोलन चलिरहेकै समयमा माछापुच्छ्रे बैंकले भने सामाजिक सेवाका लागि खर्च गर्नुपर्ने रकम निजी कम्पनीको पूजामा खर्चेको हो ।

बैंकले फिल्म बनाउनका लागि भन्दै करिब ९ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकको बजेट दुरूपयोग गरेको छ । माछापुच्छ्रेले सामाजिक उत्तरदायित्व शीर्षकमा ८२ लाख ८२ हजार ७ सय ५८ रुपैयाँ ४५ पैसा खर्च गरको छ । जसमध्ये ८ लाख ७८ हजार फिल्म बनाउने नाममा नाफामुलुक कम्पनीलाई दिएको छ ।

निकटहरूसँग व्यवस्थापनले तनाव दिएको र आफ्नो कार्यकाल लामो नहुने बताउँदै आएका कोइरालाले निकट सम्बन्ध भएकाहरूलाई जथाभावी पैसा बाँडेपछि बैंकका सञ्चालकहरूले चासो देखाएका छन । उनीहरूले सीधै सिईओ र अध्यक्ष मार्फत गलतकामको खबरदारी गरिरहेको बैंकका सिनियर म्यनेजमेन्ट टिमका एक सदस्यले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १८:१७