कति पाउला आत्मनिर्भर लघुवित्तको आईपीओले ओपनिङ्ग रेञ्ज ?
२९ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन २८ गते सम्पन्न भइसकेकाे छ ।
यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ आत्मनिर्भर लघुवित्त ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३७१ रुपैयाँ ८२ पैसा देखि १ हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:४९












