१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

लेनिन जयन्तीको दिन एमाले–माओवादी एकताः सूर्य थापा

२७ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले आगामी वर्ष पार्टी एकताको घोषणा हुने बताएका छन । आइतबार दैनिकीसँगको कुराकानीमा नेता थापाले २०७५ साल वैशाख ९ गते पार्टी एकताको औपचारिक घोषण हुने बताए ।

नेता थापाले पार्टी एकताको लागि आन्तरिक तयारी तीव्र पारिएको भन्दै पार्टी स्थापना र लेनिन जयन्तीको अवसर पारेर पार्टी एकताको घोषणा गर्न लागिएको जानकारी दिए ।

थापाले वर्तमान सरकार प्रभावकारी रुपले अघि बढ्ने भन्दै निर्वाचनका समयमा जनताको बीचमा गरिएका बाचा पूरा गर्न लागि पर्ने बताए । नेता थापाले अधिकार प्राप्तिको आन्दोलन समाप्त भएकाले अबको एकमात्र लक्ष्य आर्थिक समृद्धिको रहेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १४:४०