२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ मनोनीत

२९ फागुन, काठमाडाैं । नेकपा एमालेकाे संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । नेम्वाङलाई एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको उपनेता चयन गरेका हुन् ।

ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ ।

नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:३४