सगरमाथा र लुम्बिनी जनरल इन्स्यारेन्सको एकीकृत कारोबार आजदेखि सुरु
२९ फागुन, काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
आजबाट मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको छ। एकिकृत कारोबार पश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सलामा रहने छ । कम्पनीको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो १००ः८० को अनुपातमा मर्जर भएको हो ।
दुबै कम्पनीको आ।व ०७८/०७९ को वित्तिय अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैंया कायम रहनेछ ।
संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहनेछ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् ।
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १४:४१