२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले फुटाएर प्रतिक्रियावादीलाई एउटा चोइटो बुझाएः अध्यक्ष ओली

२६ फागुन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, पार्टी फुटाएर एउटा चोइटो प्रतिक्रियावादीलाई बुझाइएको टिप्पणी गरेका छन् । एमाले निकट खेलकुद महासंघको नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएका केहीले पार्टी फुटाएर प्रतिक्रियावादीलाई चोइटो बुझाएको टिप्पणी गरेका हुन् ।

उनले भने ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौँ । फउल खेल्नेहरूले दुईतिहाइमा झन्डै पुगेको पार्टीलाई कमजोर पारेर विभाजित बनायो विधि प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो बुझाउने चेष्टा गरे । तर उनीहरूले वास्तविक सफलता हाँसिल गर्न सकेन ।’

फउल खेल्नेहरुले कहिले कहिले घाईते पार्न सके पनि उनीहरूले आफ्नो स्तर विकास गर्न नसक्ने बताए । उनले भने ‘सामाजिक मैदानमा सत्य र निष्ठाको मार्ग सधैँ उत्तम हुन्छ । जसबाट सफलता प्राप्त गर्न सकिन्छ । फउल खेल्नेले कहिले कहिले घाईते पार्न सक्छन्, जित्छन् तर उनीहरूकाे आफ्नो स्तर विकास गरेका हुदैनन् ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १८:०४