१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस, पहिलाे नम्बरमा वसन्त कुँवर


२६ फागुन, काठमाडौं  ।  नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको हो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १५:४६