२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

२६ फागुन, काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएकाे हाे । सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आजै  आदेश आउने बताइएको छ ।

प्रचण्डले काठमाडौंको टुँडिखेलमा ३ वर्षअघि जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका थिए ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डविरूद्धकाे मुद्धाकाे सुनुवाइपछि कस्ताे आदेश आउला भन्ने आम सर्वसाधारणकाे चासाेकाे विषय बनेकाे छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:३५