सगरमाथा र लुम्बिनी जनरल इन्स्यारेन्सको एकीकृत कारोबारको मिति तय
२६ फागुन, काठमाडाैं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुबै कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण काम सकिएपछि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन् ।
दुबै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताब पारित गरेको थियो । यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेकाे छ । दुवै कम्पनीको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो भने १००ः८० कायम हुनेछ ।
साथै दुवै कम्पनीको आव २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ११:४४