२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले जुगलको पहिलो चरणको ग्रासरुट अभियान सकियो

२६ फागुन, सिन्धुपाल्चोक । नेकपा (एमाले) ले देशैभरी ग्रासरुट अभियान एकसाथ चलाइरहेको छ । सिन्धुपाल्चोक जिल्लाको अति दूर्गम गापा (सिपा को कर्णालीले परिचित) जुगल गापाको ७ वटै वडामा पहिलो चरणको अभियान सपन्न भएको बागमती प्रदेश सदस्य जेपी सिलवालले जानकारी दिए ।

गत फागुन १६ गते पालिकास्तयीय भेलाबाट अभियान सुरु भएको हो । फागुन १९ गते वडा न ३ बाट, वडा स्तरीय अभियान सुरु गरिएको थियो । पहिलो चरणमा ७ वटै वडामा उक्त अभियान सकिएको हो। ७ वटा वडामा नै सोम मिश्रको प्रमुख आतिथ्यमा ग्रास रुट कार्यक्रम सम्पन्न भएको हो ।

“एमाले अहिले शक्तिशाली भएको, जनजिविकाको सवालमा कहिल्यै नझुक्ने, जनताको हितको लागि काम गर्ने, देश विकास नै एमालेको मुल लक्ष्य रहेको” बताउनु भयो । “एमालेले केन्द्रीय राजनीतिमा खेलेको भूमिका , कार्यकर्ताहरुले पार्टी निर्माणमा कसरी योगदान दिने, जनतासंग कसरी नजिक भैरहने आदि बारे विस्तृत रुपमा प्रशिक्षण समेत दिनु भएको थियो” ।

एमालेले केन्द्रीय सदस्य सोम मिश्रलाई जुगल गापाको केन्द्रीय प्रतिनिधि समेत तोकेको छ। सहजकर्ताको रुपमा बागमती प्रदेश संगठन कमिटी सदस्य जेपी सिलवाल रहनुभएको थियो । उक्त कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य जेपी सिलवाल, इन्द्र नेपाल, मनोज तामाङ, जुगल एमालेका अध्यक्ष छिरिङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रम चैत्र ७ देखि सुरु हुनेछ । सो समयमा संगठित सदस्यत नविकरण, टोल कमिटी गठन गर्ने जुगल अध्यक्ष छिरिङ तामाङले जानकारी दिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:१७