२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

प्रा डा युवाराज संग्राैलाको ३४ बर्षको शिक्षासम्बन्धी मान्यता यसरी भत्कियो

१७ असोज, काठमाडाैँ । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता पूर्वमहान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले शिक्षाका बारेमा  अाफ्नो रोचकअनुभुति फेसबुक मार्फत सार्वजनिक गरेका छन । एक जना कुशल शिक्षक समेत रहेका प्रा डा संग्राैलाले अब शिक्षा दान होइन किनबेच मात्र हुन सक्ने भन्दै अाफ्नो ३४ बर्षको मान्यता भत्किएको बताएका छन ।

प्रा डा संग्राैलाले अाफ्नो फेसबुकमा लेखेका छन

जुन देश बिदेशी र दलालहरुको कब्जामा हुन्छ, प्रताडित देशलाइ माया गर्नेहरु हुन्छ्न। म थुप्रै कर्मनिस्ट मेहनति स्वाभिमानी मानिसहरुले आत्माबाट चित्त दुखाएको शुन्छु। म वंहाहरुलाइ ढाडस दिन्छु, र भन्छु आतिनु हुँदैन, आफ्नो काम गर्दै जानू पर्छ। तर संस्कृति लथालिङ्ग भएको, आचार मराणासन्न बनाइएको, अनि मर्यादा, सम्मान, र मानवता लथालिङ्ग पारिएको समाजमा आफ्नो स्वाभिमान बचाउन सजिलो हुँदैन। किन ?

१. किनकी यस्ता समाजमा मानिस लम्पट हुने बाटो र गुणि हुने बाटो नै पत्ता लगाउन सक्दैन। असल मानिसले असल ठानेर संगत गर्छ मानिस सङ्ग, तर उस्ले असल ठानेको मानिस कतिबेला हराम भैसकेको हुन्छ थाहा नै पांउदैन। उस्का पिठ्युमा छुरा हानिसके पछि पो थाहा पाउछ त्यो त तेहि रहेछ जस्को पिडामा हिजो बेस्मारी मन पोलेको थियो।

२. देश, गाउँ ठाउँ जस्तै मुल्य र मान्यताका बिचमा पनि सिमाना हुन्छ भन्ने म अहिले थाह पांउदै छु। हिजो नेपालमा एउटा संस्कृति तियो। मेरो एकजाना नेवार्नी दिदी जस्ले मलाइ भाइटीका लगाउनु हुन्थ्यो। हामी त्यो संस्कृतिले दिदिभाइ भयौं। यो त हिजोको मानव मुल्य भएको समएको कुरा हो। अबको नेपाल तेस्तो होइन। अहिलेको संस्कृति उपभोक्ताबादी संस्कृति हो, यस्मा मानव मुल्य हुँदैन। तेसैले तपाइँ बिना समस्या बांच्नु हुन्छ भने सबन्धलाइ लेनदेनमा सिमित राख्नु होस।

३. हामी शिक्षकमा आफ्ना बिद्यार्थीलाई अफ्ना सन्तान मान्ने रोग हुन्छ। तेसैले शिक्षक बन्न सजिलो हुँदैन। अनेक तरिकाले उस्को भबिस्य बनाउनु पर्छ। तर अहिले तपाईंले बनाउन खोज्ने मानिस तपाईंको गर्धन निचोरेर जान्न्छ। तेसैले अब शिक्षा दान होइन किनबेच मात्र हुन सक्छ। मेरो ३४ बर्षको मान्यता भत्किएको छ।

४. म यो देश जोगाउने संघर्ष गरि रहन्छु। गर्दै छु। म थाक्नेवाला पनि छैन। तर म र मजस्ता प्रताडित भैरहने छ्न। एक जना साथिले सोध्नु भयो, तपाईंलाई अपमान गर्ने बिद्यार्थीलाई के गर्नु हुन्छ? मैले भने अपमान गर्ने बिद्यार्थी पढ्न जान्न आएको हुँदैन। उ आफ्नो कमाइ गर्ने सीप लिन आको हुन्छ। उस्ले तपाईंबाट ज्ञान लिन चाहेको कदापी हुदैन। उस्लाइ सिकाउने प्रयास नै नगर्नु होस। किनकि उस्ले सिक्दैन। उ सङ्ग टाढा बस्नु होस ताकी छुरी खानु नपरोस।

५. सास्त्रले भन्छ, साखिलो हुने धोखेबाज हुन्छ, नातालगाउने स्वार्थी हुन्छ, उस्ले तपाइँलाई धोखा दिन्छ। उस्ले तपाइँलाई शोषण गर्ने नियत राखेको हुन्छ। तेसैले तपाईं सङ्ग साखिलो हुने बाट बच्नुहोस।

६. एउटा मानिस शहारा खोजिरहेको थियो तपाइले उस्लाइ घरमा बस्न दिनु भो। खुवाउनु पनि भो। उ तपाइको पाहुना भएर बस्यो। जुन दिन उस्लाइ काम सगाउन भन्नु हुन्छ। उस्ले तपाइँ सङ्ग ज्याला माग्ने छ। तपाईं भन्नू हुन्छ मैले त तपाइलाइ पालनपोषण गरेको छु नि। उस्ले भन्ने छ तिम्रो घरमा बसेपछी कस्ले खुवांउछ त? उल्ले फेरि भन्ने छ, नखुवाउने भए किन राखिस त? अनि मैले मेरा छोराछोरी कसरी पाल्नु नि? उस्ले भन्ने छ त्यो तेरो समस्या हो।

यो उपभोक्ताबादी समाज हो । कर्तव्य र सहयोगको आसा नगर्नुहोस।जो मन्दिरमा पिसाब गर्छ, उहि सबैबन्दा बढी प्रसादको हकदार दाबी गर्छ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०७:३७