२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्तै भयो, त्यो हामीले भंग गर्नुपर्छः गगन थापा

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्तै भएको टिप्पणी गरेका छन् ।राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिले संविधानको रक्षा र पालना गर्ने कुरामा ध्यान दिनुपर्ने र राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्ता कार्यहरुको अन्त्य गर्नु पर्ने बताएका हुन् ।

‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नु पर्छ। त्यो दोष राष्ट्रपतिलाई दिएर हुँदैन। हामीले बनाएको नियम कानून हो। तर, हामीले कता कता राजसंस्थाको निरन्तरता छ है भनेको जस्तो आभास भयो। यो क्रमलाई हामीले भंग गर्नुपर्छ।’कुनै एक दलको मात्रै नभएर सबै दल एकजुट भएर लाग्नुपर्नेर राष्ट्रपतिको शपथ लिएपछि मत र वचनदेखि नै पार्टी राजनीतिबाट अलग राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:५४