२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २०० सम्म क्यासब्याक

२५ फागुन, काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’का रुपमा मनाउने भएको छ।

यस अफरअन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा रु. २०० सम्म क्यासब्याक पाइनेछ। इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागिल इसेवाले यो सुविधा ल्याएको छ।

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत आमनेपाली सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल १ लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:०८