१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

घुस खाएर परीक्षामा सेटिङ हान्ने अनेरास्ववियुका कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ

१६ असोज, काठमाडाैँ । घुस खाएर परीक्षामा सेटिङ हान्ने अनेरास्ववियुका कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ परेका छन ।लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियु नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई प्रहरीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसको परीक्षा केन्द्रबाटै पक्राउ गरेको छ ।

अनेरास्वियूका इकाइ अध्यक्ष लोकेन्द्र बोहरा अझै फरार छन् । योसँगै त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा प्रश्नपत्र ‘लिक’ हुने गरेको खुलासा भएको छ । गत ११ असोजमा त्रिवि अन्तरगतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी–सीएसआईटी) विषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र विद्यार्थी नेता नै सक्रिय भएको पाइएको हो अनलाइनखबर डटकमले उल्लेख गरेको छ । बीएससी–सीएसआईटी पढ्नका लागि सरकारी कलेजमा नाम निस्किए २ लाख रुपैयाँमा अध्ययन गर्न सकिन्छ । तर, निजी क्याम्पसमा अध्ययन गर्दा कम्तिमा १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

प्रहरी अपरेशनका क्रममा पक्राउ परेका दुई नेताको समूहले बीएससी–सीएसआईटीको प्रवेश परीक्षा सहजै पाश गराइदिने लोभ देखाएर १६ जना विद्यार्थीबाट असुली गरेका थिए । ‘ती विद्यार्थीहरुसँग उनीहरुले ४० हजार रुपैयाँ एड्भान्स रकम लिएको खुलेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार २१:४१