४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको मूल्यमा सकरात्मक सर्किट

२३ फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा सुधार देखिएकाे छ  । केही दिनदेखि निरन्तर ओरालाे लागिरहेकाे बजारमा मंगलबार भने दाेहाेराे अंकले बढेकाे हाे । नेपाल एक्सचेञ्ज (नेप्से) आज १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । मंगलबार दोहोरो अकंले बजारमा सुधार आउँदा पनि कारोबार रकम भने खुम्चिन पुगेको छ ।

आज २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन शुभम पावर र सुपरमादी हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सिवाइसी नेपाल लघुवित्तको सेयर उच्च दरमा घटेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १५:१२