२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

८ दलको बैठक सिंहदरबारमा बस्दै

२३ फागुन, काठमाडाैं । ८ दलको बैठक सिंहदरबारमा बस्दैछ । बैठक आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो।

८ दलले गठन गरेको कार्यदलको बैठक बस्न लागेको हो। कार्यदल संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य छन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १४:१५