१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै महिला लघुवित्तकाे साधारणसभा सम्पन्न

२२ फागुन, काठमाडाैं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे पाचौँ वार्षिक साधारणसभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरेकाे हाे ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १३:२३