४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रधानमन्त्रीसँग एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष अल–हमदकाे भेटवार्ता

२२ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १३:१४