ट्यांकरमा लुकाएर भारत लैजाँदै गरेकाे ३ सय किलो गाजा सहित प्रल्हाद ठकुरी पक्राउ
१६ असोज, काठमाडौँ । इन्धनको ट्याङ्करबाट ३ सय किलो गाजा सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी रहेका छन् ।

इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा प्रहरीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो । ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।
‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । रक्सौलमा गाँजा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान प्रहरीले बताएकाे छ । पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएका प्रहरीले जनाएकाे छ ।

बरामद गरिएकाे गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १७:३७












