२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सरकारले गरेको काम बिथोल्न भुत प्रेतहरू बाटोमा निस्किएः प्रधानमन्त्री प्रचण्ड

२१ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसरकारले गरेका काम देखेर केही समुह आतंकित भएको दाबी गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित जनयुद्ध, सहिद तथा बेपत्ताको योगदान र नेतृत्वको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले उनकै भाषामा सहिद सम्मानमा सरकारले गरेको काम देख्न नसकेर प्रतिकृयावादी आतङ्कित भएको बताएका हुन् ।

केही समुह चोकमा निस्केर चर्को नारा दिदैँमा सहिदको सम्मान नहुने तर्क गरे । उनले भने ‘सरकारको तर्फबाट जनयुद्ध, जनआन्दोलनकासहिदहरूको सम्मान गर्ने काम भएसँगै एकपछि अर्को प्रतिकृयावादी यसबाट आतङ्कित भएर माओवादीलाई तथानाम गाली गर्ने विभिन्न खालको षड्यन्त्र गर्ने बदनाम गर्ने गरिरहेका छन् ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १६:२२