नेप्सेमा एकै दिन ५ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?
२१ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एकै दिन विभिन्न ५ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज फर्स्ट माइक्रोफाइनान्स, आधिखोला लघुवित्त , आइसीएफसी फाइनान्स, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको बोनस सेयर सूचिकृत भएको हाे ।
१) फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था
नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५ सय ३५ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
२) आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
३) आइसीएफसी फाइनान्स लिमिटेड
नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ६३ हजार ५ सय ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
४) प्रभु बैंक
नेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सुचिकृत भएको हो ।
५) सेन्चुरी कमर्सियल बैंक
नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १ सय ६ दशमलव ८७ कित्ता सेयर सुचिकृत भएको हो । सूचीकृतपश्चात् यी सबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १३:५५












