३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेप्सेमा सात कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

२१ फागुन, काठमाडाैं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा विभिन्न सात कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिवाइसी नेपाल , सानिमा बैंक, मेरो माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, सोल्टी होटल, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सकाे बोनस सेयर सूचिकृत भएको हाे ।

१) सिवाइसी नेपाल लघुवित्त

नेप्सेमा सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस बापतको ३ लाख ६४ हजार ९२५.५१ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

२) सानिमा बैंक

नेप्सेमा सानिमा बैंकको १० प्रतिशत बोनस बापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् दुवै कम्पनी उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।

३) मेरो माइक्रोफाइनान्स

नेप्सेमा मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

४) नेपाल इन्स्योरेन्स कम्पनी

नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ११ लाख ५७ हजार ६९६ कित्ता सेयर सूचिकृत भएको हो ।

५) सोल्टी होटल लिमिटेड

सोल्टी होटल लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४२ लाख १३ हजार ५३३ कित्ता सेयर सूचिकृत भएको हो ।

६) प्रिमियर इन्स्योरेन्स

नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर सूचिकृत भएको हो ।

७) सिद्धार्थ इन्स्योरेन्स

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत बोनस बापतको ११ लाख ५९ हजार २०० कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार ०९:४१