१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

डाेटीमा ७४ वर्षीया बृद्धा बलात्कृत

१६ असोज, डोटी । विश्व २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत भएकी छिन् । विश्वभरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एक्लै हिडीरहेकी बृद्धालार्इ एक युवकले बलात्कार गरेका हुन् ।

सोमवार बृद्वालार्इ बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बृद्वा चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले धामीलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए । धामीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुरब बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १५:२४