४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘आइएमई पे’को होली लक्षित नयाँ योजना सार्वजनिक

१९ फागुन, काठमाडाैं । ‘आइएमई पे’ले यस वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदायकको रुपमा रहने भएको छ । ‘आइएमई पे’ले आज एक विज्ञप्ति जारी उक्त विषयमा जानकारी दिएको हो ।

ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ ‘आइएमई पे’ले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । ‘आइएमई पे’मा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने छन् ।

कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल, होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटलमा होली लक्षित इभेन्टहरु आयोजना हुनेछ ।

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्। ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मुल्यमा पाउन सक्नेछन्। टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १६:४५