२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री बीचको छलफल सकारात्मक छ: योगेश भट्टराई

१९ फागुन, काठमाडौँ  । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेम्वाङ र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको बताएका छन् ।  नेम्वाङ र प्रधानमन्त्रीदाहालबीचकाे भेटमा प्रधानमन्त्री सकारात्मक रहेको सचिव भट्टराईले बताए ।

सचिव भट्टराईले राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए । उनले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताए ।

उनले भने, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उनी नै उपयुक्त छन्। बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ । राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौं यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’ लोसपा अध्यक्ष महन्थ ठाकुर र नेम्वाङबीच शुक्रबारै भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १५:५१