२९ माघ २०८२, बिहीबार | Fri Feb 13 2026

साथीको विवाहमा जीवन बीमा उपहार !

१९ फागुन, काठमाडाैं ।  धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्।

प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजीवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन्। प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिइएको हो।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर आलमले बताए। विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुआत हुने विश्वास उनीहरुले व्यक्त गरेका छन्। यसले विवाहकै दिनदेखि नै निश्चिन्त भविष्य प्रदान गर्ने आशा उनीहरुको छ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिति थियो। राजीवको विवाह नेहा भारतीसँग भएको थियो। दुलाहा राजीव ग्लोबल आइएमई बैंक कुमारीपाटी शाखामा कार्यरत छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १४:४६