तपाईँको खातामा आयो त ५ प्रतिशत बोनस सेयर ?
१९ फागुन, काठमाडौं । सोल्टी होटेल लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीकाे पुस २८ गते सम्पन्न साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई पुस ७ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा जम्मा गरीएकाे हाे ।
साे मिति पश्चात डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा उक्त बाेनस सेयर क्रमश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १३:०७












