२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मोलुङ हाइड्रोको आईपीओ बाँडफाँड: ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

१९ फागुन, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ आज फागुन १९ गते शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन १० गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ)  आज बिहान सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा बाँडफाँड भएकाे हाे ।

क्यापिटलका अनुसार आईपीओ कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ता सेयरका लागि  आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएकाे र १४ लाख १७ हजार ३ सय ४६ आवेदक योग्य रहेकाे क्यापिटलले जनाएकाे छ । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओमा गोलाप्रथाद्वारा बाँडफाँड गरीएकाे थियाे । गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गर्दा भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने ५ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता सेयर पाएका छन्।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १०:२१