१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

राधालाई कुटपिट गर्ने भोले बाबाकी नक्कली श्रीमति पक्राउ, प्रहरी प्रमुख निलम्बित


२७, फागुन, कैलाली । कैलालीको घटनाका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएकै दिन राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी पक्राउ परेकी छिन ।

कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधालाई आफू पार्वती भएको भन्दै किस्मतीले निर्घात कुटपिट गरेकी थिइन । उनले शिवजी रुप धारण गरेका झाँक्री रामबहादुर चौधरीसँग आफूले ८ दिनका लागि बिहे गरेको बताउने गरेकी थिइन् ।

रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार थिइन् । पक्राउ गरिएकै कस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

यसैबीच ‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् । प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १२:४५