१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

एनपिपिएफ साउथ अष्ट्रेलिया राज्य समिति पुनर्गठन, अध्यक्षमा भट्टराई


१८ फागुन, अष्ट्रेलिया । नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलिया राज्य समितिको पुनर्गठन गरिएको छ । गत शनिवार बसेको एनपिपिएफ अष्ट्रेलियाको बैठकले साउथ अष्ट्रेलिया राज्य समिति पुनर्गठन गर्दै कृष्ण भट्टराई(क्रिश) अध्यक्ष र कौशल उप्रेतीलाई सचिव चयन गरेको एनपिपिएफ अष्ट्रेलियाका सदस्य सुजन अधिकारीले बताएका छन् । यस अगाडी सिताराम सापकोटा अध्यक्ष रहेका थिए ।

नव नियुक्त अध्यक्ष भट्टराईले आगामी दिनमा संगठनलाई गतिशिल बनाउदै प्रवास रहेका नेपालीहरुको हितमा क्रियाशिल रहने बताए । भट्टराईले थप पदाधिकारी तथा सदस्यहरुको चयन संगठनको नव नियुक्त अध्यक्ष, सचिव र साउथ अष्ट्रेलियामा रहेका अगुवाहरुको बैठकबाट चयन हुने समेत बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:२३