मोलुङ्ग हाइड्रोपावरकाे आईपीओ शुक्रबार बाँडफाँड हुने, २ लाख २६ हजारले मात्रै सेयर पाउने
१८ फागुन, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ भोलि फागुन १९ गते शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन १० गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ) शुक्रबार बिहान १० बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा बाँडफाँड हुने क्यापिटलले जनाएकाे छ ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा करिब १५ लाख आवेदकबाट १ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको भन्दा ७.३२ गुणा बढी हाे ।
कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा बाँडफाँड हुने छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा २ लाख २६ हजार ४६५ जनाले मात्रै १० कित्ताको दरले सेयर हाता पार्ने छन् ।
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १४:३६












