सात महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ अर्ब, कुनकाे कति ?
१८ फागुन, काठमाडाैं । चालू आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीलहरुले २३ अर्ब ६ करोड २९ लाख ८२ हजार रुपैयाँकको व्यवसाय गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुले याे अवधिमा १६ लाख ३६ हजार २८४ वटा बीमालेखबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्बको बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले माघ महिनामा २ अर्ब ९८ करोड रुपैयाँको व्यवसाय गरेका छन् । माघ महिनामा कम्पनीहरुले २ लाख ४१ हजार २५१ वटा बीमालेख जारी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने पहिलाेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीमा याे अवधिमा २ अर्ब ९८ करोडको बीमा शुल्क संकलन गरेको छ । जसका लागि कम्पनीले १ लाख ४७ हजार ५१२ वटा बीमालेख जारी गरेको छ । सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ लाख ३० हजार ६३६ बीमालेख जारी गरेर उक्त रकम संकलन गरेको हो ।
त्यस्तै नेपाल इन्स्योरेन्सले १ लाख १ हजार १५ वटा बीमालेख जारी गरेर ८८ करोड ९८ लाख बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै ओरियन्टल इन्स्योरेन्सले २३ हजार २८९ वटा बीमालेख जारी गरेर ८४ करोड ६ लाख, राष्ट्रिय बिमा कम्पनीले ३३ हजार ५ वटा बीमालेख जारी गरेर १ अर्ब ६९ करोड, नेशनल इस्योरेन्सले १८ हजार ३२९ बीमालेख जारी गरेर ५८ करोड २२ लाख र युनाइटेडले ६४ हजार ४२२ वटा बीमालेख जारी गरेर ६८ करोड ४० लाख रुपैयाँ शुल्क संकलन गरेको छ ।
लुम्बिनी जनरलले ७९ हजार ४२६ वटा बीमालेखबाट १ अर्ब १२ करोड, एनएलजी इन्स्योरेन्सले १ लाख ११ हजार ९८७ वटा बीमालेखबाट १ अर्ब ४० करोड, अजोड इन्स्योरेन्सले ८१ हजार १४७ बीमालेखबाट १ अर्ब ८ करोड, हिमालयन एभरेस्टले १ लाख ४८ हजार ६७५ बीमालेखबाट १ अर्ब ६९ करोड र सानिमा जीआईसी इन्स्योरेन्सले १ लाख ३ हजार ३३८ बीमालेखबाट १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै प्रिमियर इन्स्योरेन्सले ८७ हजार ९२ वटा बीमालेखबाट १ अर्ब १७ करोड, नेको इन्स्योरेन्सले १ लाख ६५ हजार १४३ वटा बीमालेख जारी गरेर १ अर्ब ७५ करोड, प्रभु इन्स्योरेन्सले ७३ हजार ८५९ वटा बीमालेखबाट ९२ करोड ५९ लाख, आईएमई जनरलले ६७ हजार ६७५ वटा बीमालेख जारी गरेर १ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै प्रुेडेन्सियल इन्स्योरेन्सले माघ मसान्तसम्म ७७ हजार ६२४ वटा बीमालेख जारी गर्दै ७६ करोड ४५ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १३:४६