२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एमाले नेताहरु पुगे नेकपा एसको कार्यालय

१८ फागुन, काठमाडौं । राष्ट्रपतिमा पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् । राष्ट्रपति पदका लागि फागुन २५ गते मतदान हुँदैछ । सो निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ प्रतिस्पर्धामा छन् ।

एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ११:३९