नुवाकोटको बेलकोटगढी हरित नगर बन्ने, वृक्षारोपण अभियानकै रूपमा सुरू
१७ असोज, नुवाकोट । प्रदेश नम्बर ३ को नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले वृक्षारोपण सुरू गरेको छ । नगरपालिकालार्इ हरित बनाउने योजनाका साथ वृक्षारोपणमा जोड दिइएको मेयर राजेन्द्ररमण खनालले जानकारी दिए ।
उनले बेलकोटगढी नगरपालिकालार्इ हरियाली नगर, प्रदुषणरहित नगर बनाउन वडा नम्बर १० र १२ को जनता को उत्साजनक उपस्थितिमा सोमबारबाट कार्यक्रम सुरू गरेको जानकारी दिए ।
उपमेयर कविता ढुंगानाका अनुसार बेलकोटगढी नगरपालिका भित्रका सबै सडक किनारमा यसैगरी वृक्षारोपण गरिने भएको छ । उनले बिकासँगै निम्तने बिनास कम गर्न वृक्षारोपण सुरू गरिएको जानकारी दिइन ।
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार ०९:२४