७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

१७ फागुन, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् । आईसीसी क्रिकेट विश्वकप ‘लिग २ ‘ खेल्न सन्दीप यूएई प्रस्थान गरेका हुन् ।

बुधबार दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले जानकारी दिएको छ ।

क्यानले रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न आईसीसीसँग आग्रह गरेको थियो । नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ ।​ टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ ।

नेपालले बिहीबार र सोमबार यूएई तथा शुक्रबार पीएनजीविरुद्ध खेल्दैछ । उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् । सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि उनलाई यूएई जान बाटो खुलेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १६:४३