४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अख्तियारको प्रवक्तामा सहसचिव भोला दाहाल

१७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिएको छ । फागुन १६ गतेदेखि लागू हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको अख्तियारले जनाएको छ ।

यसअघिका प्रवक्ता श्याम भण्डारीको सरुवा भएको थियो । फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश एकमा सरुवा गरेको थियो । आयोगले सहायक प्रवक्ता एवम सूचना अधिकारीको जिम्मेवारी आयोगमा कार्यरत उपसचिव देवीप्रसाद थपलियालाई दिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १६:१६