भर्ने हाेइन त ? भोलिदेखि सर्वसाधारणले १ हजार कित्तासम्म भर्न पाउने आइपीओ निष्काशन हुँदै
१७ फागुन, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि भाेलि फागुन १८ गते बिहीबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १२:२०












