२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

सूर्योदय वोमी लघुवित्तले घोषणा गर्याे लाभांश

१७ फागुन, काठमाडाैं । सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्त आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार भएको मितिबाट २ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएकोले बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

यसका साथै एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले भने लाभांश करबापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १०:३०