२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

१७ फागुन, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेड आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि माघ २२ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन गरेको आईपीओ हिजो फागुन १६ गते बाँडफाँड गरिएको हाे ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको ९७ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि निष्कासन गरिएको थियो ।

रितपुर्वक आवेदन दिने १५ हजार ९१८ जना आवेदक मध्येहरुबाट गोलाप्रथाद्धारा ९ सय ७० जना आवेदकलाई १० कित्ताका दरले ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको वेबसाइटबाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०९:१९