२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जनमत पार्टी सरकारबाट बाहिरिँदैनः अध्यक्ष राउत

१६ फागुन, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताए । “अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान”, अध्यक्ष राउतले भने ।

अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उल्लेख गरे । उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १८:१३